समाज

जङ्गली च्याउ खाँदा ज्यान गयो

जाजरकाेट- जङ्गली च्याउ खाँदा बिरामी भएर उपचार गरिरहेका बारेकोट गाउँपालिका–८ का १४ वर्षीय युवराज कुमाइको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ।
 
बारेकोटबाट नेपालगञ्ज गएर उपचाररत कुमाइको मृत्यु भएको हो। उनीसँगै च्याउ खाएर बिरामी भएकी उनकी ५० वर्षीया आमा मनमाया कुमाइको हिजो सुर्खेतको मेहलकुनामा उपचार गर्न लाँदै  गर्दा मृत्यु भएको थियो।

 जाजरकोटमा जङ्गली च्याउ खाएर बिरामी हुनेको सङ्ख्या बढे पनि जनचेतनाका काम नहुँदा समस्यापनि थपिदै गएको छ। रासस 

प्रकाशित: २९ श्रावण २०७६ १६:०९ बुधबार

जङ्गली_च्याउ मृत्यु