समाज

बाल मन्दिरका निर्देशक डंगोल पक्राउ

काठमाडौं– बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार डंगोललाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए। 

उनका अनुसार बालबालिकाको तस्करी गरेको उजुरीको आधारमा डंगोललाई नियन्त्रणमा लिइएको हो।

प्रकाशित: २९ श्रावण २०७६ १२:४९ बुधबार

बाल_मन्दिर निर्देशक बालकृष्ण_डंगोल पक्राउ बालबालिका_तस्करी