समाज

बालिका बलात्कार आरोपित पक्राउ

सप्तरी- एक बालिका बलात्कार गरी बेपत्ता भएको आरोप लागेका सप्तरीको शम्भुनाथ नगरपािलका–२ कुशहाका ४० वर्षीय मो. समिर अख्तर पक्राउ परेका छन्। पीडित १४ वर्षीया बालिकाका बुवाले समिरसमेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७५ चैत ११ गते उजुरी दर्ता गराएका थिए। बेपत्ता समिरलाई घरबाटै गिरफ्तार गरेर आज अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अर्का आरोपित ३० वर्षीय अनवारुल मियाँको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए। आरोपितहरुले चैत १० गते बालिकालाई नियन्त्रणमा लिएर  बलात्कार गरी चैत ११ गते राजविराजस्थित सागर लजमा छोडेर  फरार भएका थिए। रासस

प्रकाशित: २८ श्रावण २०७६ १०:४८ मंगलबार

बालिका_बलात्कार बेपत्ता पक्राउ