समाज

घुुससहित शिक्षक पक्राउ

दाङ– दाङका एक शिक्षक घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियारको टोलीले सोमबार घोराहीस्थित माध्यामिक बिद्यालय रझेनाका शिक्षक गणेश केसीलाई नियन्त्रणमा लिएको हो।

अख्तियार अनुसन्धान आयोगको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले शिक्षक केसीलाई १० हजार रकम घुस सहित पक्राउ गरेको जनाएको छ। डिप्लोमा ईन सिभिल ईञ्जिनीयरिङको प्रवेश परीक्षा पास गराइदिन सहजीकरण गरिदिने भन्दै शिक्षक केसीले बिद्यार्थीबाट १० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।  रुकुम सिस्ने स्थायी घर भएका केसी मावि रझेनामा राहत दरबन्दीमा कार्यरत थिए।

१० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको जनाएको अख्तियारको टोलीले उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ। विद्यार्थीसंग घुस लिन खोजेको भन्ने पूर्वसुचनाका आधारमा अख्तियारको टोली दाङ आएको थियो। घोराही स्थित एक होटेलमा बिद्यार्थीसँग घुस रकम लिँदै गरेको अवस्थामा उनी अख्तियारको फन्दामा परेका हुन्।  
 

प्रकाशित: २७ श्रावण २०७६ १३:३६ सोमबार

घुस शिक्षक पक्राउ