समाज

सिंहदरबार बृतको हिरासतबाट दुई अभियुक्त फरार

काठमाडौं - चोरी अभियोगमा थुनामा रहेका दुई अभियुक्त गएराति सिंहदरवार वृत्तको हिरासतबाट फरार भएका छन्। फरार हुनेमा एक जना मदन तामाङ रहेको प्रहरी स्रोतले जनाएको छ। अर्का एक जनाको भने परिचय खुलाइएको छैन।

महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले चोरी अभियोगमा पक्राउ परेका दुई कैदी फरार भएको पुष्टि गर्दै खोजतलास जारी रहेको बताए।

प्रकाशित: २५ श्रावण २०७६ ०३:१८ शनिबार

फरार पक्राउ