समाज

पुल बगाउँदा आवतजावत ठप्प

जुम्ला– अबिरल बर्षासंगै आएको बाढीले तिला नदीमाथि लगाइएका दुई वटा काठेपुल बगाउँदा आवतजावत ठप्प भएको छ।

तत्कालिन हाँकु गाविस हाल तातोपानी गाउँपालिका वडा नं. ४ र ५ जोड्ने मुल बाटोको काठे पुल तिला नदीको बाढीले बगाएपछि आवतजावत ठप्प भएको हो। बिहान १० बजेतिर पुल बगेको स्थानीय बताउँछन्। पुल बगाए पनि मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। 

पुल बगेको क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। पुल बगेपछि स्थानीयलाई सो बाटो प्रयोग नगर्न आग्रह गरिएको छ। त्यो पुल सदरमुकाम तातोपानी गाउँपालिको कार्यालय र सदरमुकाम खलंगा आउजाउको लागि प्रयोग भइरहेको थियो। पुल बग्दा दर्जन बढी  गाउँका स्थानीयको जनजीवन प्रभावित भएको छ।

प्रकाशित: २१ श्रावण २०७६ १२:४३ मंगलबार

तिला_नदी काठे_पुल बाढी आवतजावत_ठप्प