समाज

पार्टीको दस्तावेजसहित विप्लव नेता पक्राउ

सुर्खेत– प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका जिल्ला कमिटी सदस्यलाई पक्राउ गरेको छ। 

सोमबार बेलुका साढे छ बजेतिर पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–१० स्थित ओदालतालबाट विप्लव समूहका जिल्ला कमिटी सदस्य ५१ वर्षीय हिरालाल सुनारलाई पक्राउ गरिएको डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए। डिएसपी क्षेत्रीका अनुसार पक्राउ परेका सुनारको साथबाट पार्टीका विभिन्न दस्तावेज बरामद गरिएको छ।

प्रकाशित: २१ श्रावण २०७६ १०:५६ मंगलबार

पक्राउ विप्लव_समूह जिल्ला_कमिटी_सदस्य सुर्खेत