समाज

मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु

उदयपुर– सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी उदयपुरकी एक बृद्धाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका चुहाडेदेखि गाइघाटतर्फ आउँदै गरेको स ५ प ३६३७ नं. को मोटरसाइकलले ठक्कर दिँदा सोही वडाकी ७० वर्षीया मनमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सोमबार साँझ ७ः०० बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा गाईघाटस्थित त्रियुगा अस्पतालमा मृत्यु भएको हो। गम्भीर घाइते हुने गरी मोटरसाइकलले ठक्कर दिएपछि तत्काल उपचार गर्न त्रियुगा अस्पताल ल्याइएकोमा सवा ८ बजे घाइतेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। 

ठक्कर दिने मोटरसाईकल र चालक त्रिनपा ९ का अन्दाजी १७ वर्षीय महेश राईलाई नियन्त्रणमा लिइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्। 

प्रकाशित: २० श्रावण २०७६ १५:५७ सोमबार

दुर्घटना माेटरसाइकल मृत्यु उदयपुर