समाज

खैरो हिरोइनसहित चार जना पक्राउ

लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहितपक्राउ परेका अभियुक्तहरु ।  तस्बिरः नागरिक

स्याङ्जा– जिल्ला प्रहरी कार्यालय स्याङ्जाले खैरो हिरोइन (ब्राउन सुगर) सहित चार जनालाई पक्राउ गरेको छ। बुटवलबाट पोखरातर्फ आइरहेको बसमा विशेष सूचनाको आधारमा चेकजाँच तथा खानतलासी गर्दा चार जना युवाहरु पक्राउ परेका हुन्। 

पक्राउ पर्नेहरुमा भीरकोट नगरपालिका–५ का ३६ वर्षीय भीमबहादुर सेन, २६ वर्षीय सुमसिंह ठकुरी र वालिङ–११ बस्ने २४ वर्षीय सुवास सेन र २१ वर्षीय रामबईक रहेका छन्। उनीहरुको साथबाट १६.७५ ग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नविन कृष्णले जानकारी दिए।

बसमा चेकजाँच गर्दा गर्दा उनीहरुको शरीरबाट खैरो हिराइन भेटिएको उनले बताए। हाल उनीहरु जिल्ला प्रहरी कार्यालय स्याङ्जाको हिरासत कक्षमा रहेका छन्। 

जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाए । 

प्रकाशित: १४ श्रावण २०७६ ११:२७ मंगलबार

ब्राउन_सुगर पक्राउ