समाज

सेतीमा डुबेर बालकको मृत्यु

दुलेगौँडा(तनहुँ)– सेती नदीमा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ। शनिबार जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारका मोतिलाल विश्वकर्माका १२ वर्षीय छोरा विवेक विश्वकर्माको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

भिमाद मामाघर आएको बेला सेती नदीमा पौडी खेल्न गएका उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए। नदीमा हाम फाल्दा बाढीले बगाएर ल्याएको नदी छेउमा जम्मा भएको दलदले माटोमा टाउको गडेकाले घटनास्थलमै मृत्यु उनको भनाई छ।

पासोमा परेर मृत्यु

यस्तै, यहाँको भानु नगरपालिका–१३ चन्द्रावतीमा उठबस गर्न नसक्ने हजुरआमाको सहजताको लागि झुन्डाइएको डोरीको पासोमा परेर एक बालकको मृत्यु भएको छ। डोरीमा खेल्ने क्रममा खुट्टा खाटबाट तल झरेपछि आठ वर्षीय सुवास अधिकारीको मृत्यु भएको हो।

उठबस गर्न नसक्ने वृद्धा हजुरआमा घरमा भए पनि खेल्ने क्रममा घाँटीमा पासो लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ४ श्रावण २०७६ १५:४३ शनिबार

सेती_नदी पौडी बालक डुबेर_मृत्यु