समाज

सात जना जुवाडे पक्राउ

प्रतिकात्मक तस्बिर

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका ६ सूर्यविनायकस्थित चिरन थापाले संचालन गरेको करण क्याफेमा तास खेलिरहेको सात जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा नगद सत्तरी हजार एक सय पन्चानब्बे रुपैयाँसहित सात जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुबाट तीन बुक तास र तास खेल्न प्रयोग गरिने बिभिन्न सामानहरु पनि पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनीहरुलाई  महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए।

 

प्रकाशित: ४ श्रावण २०७६ १३:११ शनिबार

सूर्यविनायक_नगरपालिका जुवाडे पक्राउ