समाज

१५ लाख घुससहित तीन इन्जिनियर र चालक पक्राउ

बर्दिया– कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय, राजापुरका तीनजना इन्जिनियर र एक सवारी चालक १५ लाख घुससहित शनिबार दिउँसाे पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्ज कार्यालय प्रमुख गणेश गैरेको नेतृत्वमा खटिएको टोलीले इन्जिनियर वीश्वेश्वरप्रसाद शाह, कमलप्रसाद सिटौला, हरिप्रसाद चौधरी र चालक टंकप्रसाद ओझालाई पक्राउ गरेको हो। उनीहरूलाई गेरूवा गाउँपालिका–१, एचआरपि कटेजबाट पक्राउ गरिएकाे हाे।

आयोजनाको कामको सहजीकरणबापत् घुस लिएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रमुख गैरेले बताए।

 

प्रकाशित: ४ श्रावण २०७६ ११:१४ शनिबार

इन्जिनियर चालक घुस पक्राउ