समाज

हतियारसहित गोंगबुबाट तीन जना पक्राउ

काठमाडौं– महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले गोंगबु मित्रनगरमा अवस्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको गरेको छ। 

पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका घर भएका प्रीतम राई, रामुकुमार राई र सविन खवास रहेका छन्। खवास अपहरण मुद्दामा जेल परेर छुटेका अभियुक्त हुन्।

प्रकाशित: २९ असार २०७६ १५:०५ आइतबार

हतियार पक्राउ गोंगबु इटालियन_पेस्तोल