समाज

पाँच जना गम्भीर घाइते

रुकुम– रुकुम (पूर्व)मा अटोरिक्सा दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन्। जिल्लाको भुमे गाउँपालिकाको लुकुमबाट गाउँपालिकाको कार्यालय खाबाङ्बगरमा आउँदै गरेको रा १ घ ३९६९ नम्बरको रिक्सा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर सोही गाउँपालिका १ की ३३ वर्षीया प्रतिभा रोका, ३१ वर्षीय श्रीबहादुर घर्ती, २९ वर्षीय धनकुमार घर्ती, ४५ वर्षीय देविप्रकाश पुन र ३१ वर्षीया कुमारी घर्तीमगर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का प्रहरी निरीक्षक विरबहादुर सुनारले जानकारी दिए।

शुक्रबार दिउँसो अटोरिक्सा सडकबाट करिब ५० मिटर तल खसेको थियो। घाइते सबैको जिल्ला स्वास्थ्य कार्यालय रुकुमकोटमा उपचार हुन नसकेपछि रुकुम (पश्चिम)को जिल्ला अस्पताल सल्लेमा पठाइएको थियो। घाइतेहरुको अवस्था थप गम्भीर बन्दै गएपछि उनीहरुलाई नेपालगञ्ज रिफर गरिएको छ।

 

प्रकाशित: २७ असार २०७६ १४:०३ शुक्रबार

अटोरिक्सा दुर्घटना