समाज

बस र ट्रक ठोक्किंदा एकको मृत्यु, १४ घाईते

कपिलवस्तु- पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको बुद्धभुमि नगरपालिका ९ चवनपुरमा ट्रक र बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।

साथै घटनामा १४ जना घाईते भएका छन्। पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ६२६८ नं.को ट्रक र बिपरित दिशाबाट आउदै गरेको मे १ ख ८२८ नं.को बस एक आप्समा ठोक्किएका थिए।

घटनामा गम्भिर घाईते भएका नाम थर नखुलेका अन्दाजी ३० बर्षका एक ब्यक्तिको उपचारकोक्रममा तौलिहवा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते  १४ जनाको गोरुसिंगे पोलिक्किनिकमा उपचार भईरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरिक्षक देबेन्द पाण्डेयले बताए। बस ट्रक र ट्रक चालक ईलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा रहेको र अन्य थप अनुसन्धान कार्य भै रहेको उनले बताए।

प्रकाशित: १७ असार २०७६ ०६:३५ मंगलबार

बस ट्रक दुर्घटना