समाज

नेपाली सेनाको ‘एक जवान एक बिरुवा’ अभियान

‘एक जवान एक बिरुवा रोपण’ अभियानअन्तर्गत जंगी अड्डा परिसरमा वृक्षारोपण गर्दै प्रधानसेनापति। तस्बिरः नागरिक

काठमाडौं – नेपाली सेनाले ‘एक जवान एक बिरुवा’ अभियान शुक्रबारबाट सुरु गरेको छ। सरकारको ‘एक नेपाली एक फलफूलको बिरुवा रोपण’ अभियानलाई मूर्तरुपमा दिन सेनाले पनि फलफूलको बोट रोप्ने अभियान सुरु गरेको हो।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डा पसिरमा विभिन्न जातका फलफूलका बिरुवा रोपेर अभियान सुरु गरेका हुन्। नेपाली सेनाका सबै पृतना, वाहिनी, गण, गुल्महरुले ब्यारेकभित्र र बाहिर गरी एक लाख ५० हजार ९ सय ७७ वटा विभिन्न जातका फलफूल तथा अन्य बिरुवाहरु रोप्ने र संरक्षण गर्ने योजना रहेको सेनाले जनाएको छ।

प्रकाशित: १३ असार २०७६ ०९:१० शुक्रबार

नेपाली_सेना बिरूवा_राेपण_अभियान सरकार