समाज

एसइई प्रश्नपत्र काण्डः प्रहरी जवानले तिरे ३५ हजार धरौटी

काठमाडौं– विशेष अदालतले प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र बाहिर ल्याउने प्रहरीजवानसहित चार जनालाई जनही ३५ हजार रुपैयाँ धरौटी तिरेर छुट्ने आदेश गरेको छ।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले बिहीबार भएको थुनछेक बहसपछि धरौटीमा छोडेको हो। 

बह्मदेव सुनदेवसहित चार जनालाई जनही ३५ हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश भएको छ। चारजना नाबालक भएकाले धरौटी नलिई छोडिएको विशेष अदालतले जनाएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका प्रहरी जवान ब्रह्मदेव सुनरैत दीपेन्द्रकुमार मण्डल, शिक्षक मनोजकुमार यादव, अरोध यादव, विष्णुदेव यादव, राजेशकुमार यादव, श्रवण यादव, इन्दल यादवसहित ८ जना र ४ जना नाबालकविरुद्ध मुद्दा दर्ता गरेको थियो। गत चैतमा भएको एसइइको प्रश्नपत्र बाहिरिएको थियो।

प्रकाशित: ३० जेष्ठ २०७६ १४:५७ बिहीबार

एसइई प्रश्नपत्र प्रदेश_२ विशेष_अदालत प्रहरी_जवान