समाज

ट्रयाक्टर दुर्घटनामा २ जनाको मृत्यु, एक घाइते

सिन्धुली– जिल्लाको मरिण गाउँपालिका–२ स्थित सकौरीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। नम्बर प्लेट नै राख्न बाँकी रहेको अनटेष्ट ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परि मृत्यु हुनेमा मरिण गाउँपालिका–४ का १८ वर्षीय सुकमान जिम्बा र १४ वर्षीय सागर माझीको रहेका छन्। उनीहरु दुबैको घट्नास्थलमै मृत्यु भएको र सो घट्नामा परि एक जना घाइते भएको प्रहरीले जनाएको छ।

मुङ्ग्रेबाट चनौटे जाने क्रममा ओभर स्पीडका कारण ट्रयाक्टर पल्टेको स्थानीयको अनुमान छ। घटनापछि चालक तथा ट्रयाक्टर धनी मरिण गाँउपालिका–३ चनौटेका श्याम माझी फरार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापाले जानकारी दिए।

प्रकाशित: २७ जेष्ठ २०७६ ०८:०५ सोमबार

मरिण_गाउँपालिका ट्रयाक्टर_दुर्घटना