समाज

सैनामैनामा ५० लाखको शैक्षिक सामाग्री बितरण

रूपेन्देही - सैनामैना नगरपालिकाका बिद्यालयहरुमा ५० लाख बराबरको खेलकुद तथा शैक्षिक सामाग्री बितरण गर्न सुरु गरिएको छ। चीनको गानकान प्रोभिन्सका बिभिन्न निकायबाट प्राप्त उक्त सामाग्री बिद्यालयलाई हस्तान्तरण गरीएको हो।

नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले बिहिबार सालझण्डी स्थित पशुपति मा.बि, सालझण्डी मा.बि र महेरवा देवी आधारभुत बिधालयमा पुगेर खेलकुद तथा शैक्षिक सामाग्री बिद्यालयलाई हस्तान्तरण गरेका हुन्। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी, शिक्षा शाखाका अधिकारी, जनप्रतिनिधि तथा बिद्यालयका शिक्षक, बिद्यार्थी, अभिभावको उपस्थीतीमा सो सामाग्री बितरण गरीएको हो। बाँकि रहेका बिद्यालयहरुमा पनि सो सामाग्री बितरण गर्ने मेयर कार्किले बताए।

नगरपालिका भित्र १८ वटा सामुदायिक बिद्यालय रहेका छन्। बिद्यालयलाई हस्तान्तरण गरेका खेलकुद तथा शैक्षिक सामाग्री बिना दुरुपयोग सम्पुर्ण बिधार्थीहरुलाई समेट्ने गरी बितरण गर्न मेयर कार्कीले विद्यालयका प्रध्यानाध्यापक तथा शिक्षकहरुलाई आग्रह गरेका छन्।

प्रकाशित: २४ जेष्ठ २०७६ ०७:३९ शुक्रबार

सैनामैना_नगरपालिका शैक्षिक_सामाग्री