समाज

चन्दा नदिएको झोकमा मेयर कुटिए

रौतहट– रमजानको अन्तिम नेमाज पढ्न गएका राजपुर नगरपालिकाको मेयर शेख शकिल अख्तरमाथि स्थानीय युवाहरुले कुटपिट गरेर घाईते बनाएका छन्।

रौतहटको राजपुर नगरपालिकाको मेयर अख्तर गाउँकै महमुदिया मस्जिदमा मंगलबार राति नेमाज पढ्न गरेको अवस्थामा स्थानीय २० बर्षिय युवक शेख काशिम सहित चार जना युवाहरुको समुहले कुटपिट गरेका हुन्। ईदमा कार्यक्रम गर्नका लागि स्थानीय युवाहरुले मेयर अख्तर सँग चन्दा सहयोग माँग गरेका थिए।

ईदको अघिल्लो दिन मंगलबार चन्दा माग्न स्थानीय युवाहरु जाँदा मेयर अख्तरले साँझ दिन्छु भनेका थिए तर काम बिशेषले मेयर ढिलो चन्दा दिन नसक्दा रातिको समयमा मस्जिदमा नेमाज पढ्न जाँदा कासिमसहितका केही युवाहरुले यही चन्दा दिनुस भन्दा अहिले पैसा बोकेको छैन् भन्ने जवाफ दिएपछि आक्रोशित बनेका युवक कासिमलगायतका व्यक्तिहरुले मेयर सकिलमाथि आक्रमण गरेका थिए।

मस्जिदमा नेमाजका लागि गएको बेला स्थानीयले आफूसँग सहयोग रकम माग गरेको र अहिले खल्तीमा पैसा नभएकोले सहयोग रकम भोलि दिन्छु भन्दा ति व्यक्तिहरुले टर्चलाइटले टाउकोमा प्रहार गर्दै कुटपिट गरेको मेयर सकिलले बताए। टाउकोमा चोट लागेका उनी उपचार पछि घर फर्किएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले टाउकोमा चोट लागेका मेयरको गौर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि वीरगंज पठाइएको तथा राति नै उपचार पछि पर्वका लागि उनीहरु घर फर्किसकेको नागरिक न्यूजलाई बताए। मेयरमाथि आक्रमण गरेका व्यक्तिहरु फरार रहेतापनि उनीहरुको पहिचान भएको र खोजी कार्य जारी रहेको डिएसपी कार्कीले जानकारी दिए।

प्रकाशित: २२ जेष्ठ २०७६ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App