समाज

९१ थान लागुऔषधसहित एक जना प्रकाउ

दुलेगौँडा(तनहुँ)– जिल्ला प्रहरी कार्यालय तनहुँले प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रकाउ गरेको छ। भानु नगरपालिका –२ आमबोटे बस्ने २३ वर्षीय रमेश खत्रीलाई प्रहरीले ९१ थान लागुऔषधसहित प्रकाउ गरेको हो।

शंकास्पद अवस्थामा भेटिएका खत्रीलाई आमबोटेमा खानतलासी गर्दा २७ थान डाइेजपाम, ३२ थान फेनरागन र ३२ थान नुफिन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक लिलाराज लामीछानेले जानकारी दिए। उनले भने, ‘सोमबार प्रकाउ परेका खत्रीबिरुद्ध लागुऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेका छौँ।’

प्रकाशित: २१ जेष्ठ २०७६ १३:१२ मंगलबार

लागुऔषध पक्राउ