समाज

अवैध कल बाईपास केन्द्रमा सीआईबीको छापा, भारतीय पक्राउ

काठमाडाैँ - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अबैध अन्तर्राष्ट्रिय कल बाइपास केन्द्रमा छापा मारेको छ। प्रहरीले घटनास्थलबाट कल बाइपास गर्ने उपकरणहरुसहित एक भारतीयलाईसमेत पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)द्वारा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका(३ स्थित काटा गाउँमा भारतीय नागरिक खुर्सेद अन्सारीले अबैधरुपमा सञ्चालन गरेको अन्तर्राष्ट्रिय कल बाईपास केन्द्रमा छापा मारेको एसपी तथा प्रवक्ता दिपक गिरीले बताए।

उनका अनुसार स्थानीय मैनुद्धीन धुनियाको घरमा डेरा गरी बस्ने भारतको महराजगन्ज नौतनवा सोनौली ग्राम घर भएका २६ अन्सारीलाईपक्राउ गरिएको हो।

अवैध कल बाईपास बिरुद्द ब्यूरो स्थापनकालदेखि हालसम्म १०८ स्थानहरुमा भएको कारवाहीमा नेपाली १३० र विदेशी ३७ गरी १६७ जनालाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ। पक्राउ परेकाहरु बिरुद्ध रु।११ अर्ब ९१ करोड १लाख १६ हजार १६३रुपैयाँ ६५ पैसा बिगो मागदाबी लिई अदालतमा मुद्दा दायर गरिएको छ।

प्रकाशित: १७ जेष्ठ २०७६ १३:२९ शुक्रबार

केन्द्रीय_अनुसन्धान_ब्युरो सीआईबी बैध_अन्तर्राष्ट्रिय_कल_बाइपास