समाज

सुकेधारा विस्फोटमा ज्यान गुमाउने तीनै जनाकाे सनाखत

काठमाडाैं- सुकेधारास्थित एक सैलुनमा भएको बम विस्फोटमा परी मृत्यु हुने तीनै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा ३२/३३ वर्षका दाङको बबई गाउँपालिकाका गोकुल रानामगर, २७/२८ वर्षका कालिकोटका विभुराम भन्ने दिपेश विक र ठेगाना नखुलेका निरन्तर मल्ल रहेका छन्।

प्रहरीले दिएको जानकारी अनुसार बम बनाउने क्रममा विस्फोटक पदार्थ विस्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। मृत्यु हुने तीनै जना नेकपा विप्लव समूहका कार्यकर्ता भएको खुलेको प्रहरीले जनाएको छ।

घटनामा ५ जना घाइते भएका छन्। घटना भएको झण्डै २४ घन्टासम्म मृतकको पहिचान खुल्न सकेको थिएन।

प्रकाशित: १३ जेष्ठ २०७६ १२:०७ सोमबार

बम_विस्फोट सुकेधारा मृतक सनाखत