समाज

विस्फोट भएको क्षेत्र सेनाको नियन्त्रणमा

काठमाडौं– काठमाडौंको सुकेधारा र  घट्टेकुलोमा भएको  पछि सेनाले उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएको छ। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलका अनुसार विस्फोटपछि थप अनुसन्धान गर्न सेनाको टोलीसहित आवश्यक मात्रामा प्रहरी परिचालन गरिएको छ।

घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएर सेनाको बम डिस्पोजल टोलीले सुरक्षा जाँच कडा बनाएको छ। सेनाले घटनास्थलमा अरु पनि बम हुनसक्ने आशंकाले घटनास्थल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता पोखरेलले बताए।

सेनाले अहिले घटनास्थलमा कसैलाई प्रवेश दिएको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुवै स्थानमा सिलिन्डर बम पड्केको  देखिएपनि त्यहाँ खटिएका एक प्रहरी अधिकारीका अनुसार घटनाको परिस्थितीलाई हेर्दा बम विस्फोट भएको जस्तो अनुमान लगाउन सकिन्छ।

प्रकाशित: १२ जेष्ठ २०७६ १३:१५ आइतबार

विस्फोट सेना नियन्त्रण