समाज

भाग्य चम्काउन चाहानुहुन्छ ? यी उपाय अपनाउनुस्

वास्तुशास्त्रमा केही यस्ता चिजको बारेमा बताइएको छ, जसलाई आफ्नो आसपास राखेर आफूमा सकारात्मक बदलाव ल्याउन सकिन्छ। यसले भाग्य चम्काउन सकिन्छ। कतिपय मानिस आफ्नो करियर वा व्यापार राम्रो बनाउन दिनरात मेहनत गर्छन्। तर, अपेक्षा अनुसार सफलता पाउँदैनन्। कयौं पटक आसपास रहेको नकारात्मक ऊर्जाले सफलतामा बाधा उत्पन्न गराउँछ।

फेइङशुईमा आसपासको वातावरण सकारात्मक ऊर्जाले चार्ज गर्ने वा सफलताको दर बढाउने केही सजिलो उपाय दिइएको छ। यी उपाय गरेर भाग्य चम्काउन सकिने वास्तुविद् बताउँछन्। वास्तुशास्त्र अनुसार केही यस्ता चिज छन्, जसलाई आसपास राखेर आफूमा सकारात्मक बदलाव ल्याउन सकिन्छ।

१. आफ्नो गुड लक बढाउन घरभन्दा बाहिर गमला राखेर त्यसमा बिरुवा रोप्नुस्। गमलामा तीन सिक्का राख्नुस्। सकेसम्म निलो गमलामा बिरुवा रोप्नुस्।

२. घर वा कार्यालयमा यस्तो कुर्सी प्रयोग गर्नुस्, जसको पछाडिको भाग सामान्य कुर्सीभन्दा अग्लो होस्। घरमा राखिएको पेन्टिङ वा तस्बिर आफ्नो उचाइभन्दा अग्लो हुनुपर्छ। यसले गुड लक बढाउन मद्दत गर्छ।

३. फेइङशुईमा हरियो रङ भाग्यसँग जोडिएको मानिएको छ। किनकि यो विकास र प्रगतिको प्रतीक हो। यदि तपाईं नयाँ काम सुरु गर्नुहुन्छ भने हल्का पहेँलो रंगको प्रयोग गर्नुस्। सही दिशामा काम अघि बढाउन हरियो पातजस्तो रंग प्रयोग गर्नुस्। कुनै प्रोजेक्ट पूर्ण गर्नु छ भने गाढा हरियो रंग प्रयोग गर्नुस्।

४. केटीले बनाएको सामानले पनि गुड लक ल्याउँछ। त्यसैले घरमा धातु तथा सिन्थेटिकका सामानको सट्टा केटीले बनाएका सामान प्रयोग गर्नुस्।

५. आफ्नो घरको मुख्य प्रवेशद्वार नजिकै एक झरना (फाउन्टेन) लगाउनुपर्छ। यसले करियरमा गुड लक बढाउन मद्दत गर्छ।

६. फेइङशुईका अनुसार माछाले धन तथा समृद्धि ल्याउँछ। माछाले आफूसँगै सबै अपशकुन लगेर जान्छन्। यसमध्ये गोल्ड फिस सबैभन्दा पवित्र तथा सम्पन्न बनाउने मानिन्छ।

७. फेइङशुईका अनुसार हात्ती तथा कछुवालाई पुण्यकारी तथा लाभ दिने प्राणी मान्छि। त्यसकारण घर तथा कार्यालयमा यी दुवैलाई राख्न सकिन्छ।

 

प्रकाशित: ११ जेष्ठ २०७६ ०३:०६ शनिबार

वास्तुशास्त्र करियर व्यापार