समाज

खेलाडीको सुविधा बढाउने तयारीमा प्रहरी

काठमाडौं– नेपाल प्रहरीले संगठनभित्रका आफ्ना खेलाडीहरुको सेवा र सुविधा वृद्धि गर्ने तयारी गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनका खेलाडीहरुलाई सेवा र सुविधा वृद्धि गर्ने योजना तय गरिएको जानकारी दिएका हुन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी संगठनलाई प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गर्दै उनले देशको प्रतिष्ठा बढाउने गरी खेलकुद क्षेत्रमा लागेका संगठन भित्रका खेलाडीहरुलाई छिट्टै आफ्ना सेवा र सुविधा वृद्धि हुनेमा ढुक्क रहन पनि आग्रह गरे।

प्रहरी महानिरीक्षक खनालले खेलकुद क्षेत्रको विकासका लागि संगठनभित्र आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाइएको पनि बताए।

प्रकाशित: ७ जेष्ठ २०७६ १०:३३ मंगलबार

नेपाल_प्रहरी सर्वेन्द्र_खनाल खेलाडी सेवा_सुविधा