समाज

विवाहको तयारीमा रहेकी युवतीको खेतमा भेटियो शव

रुपन्देही– रुपन्देहीमा एक युवतीको हत्या गरि फालिएको अवस्थामा शव फेला परेको छ। गैडहवा गाउँपालिका १ भुझौली गाउँमा सोही स्थानकी १९ बर्षिय किशोरी सबनम नाउ मुस्लिमानको खेतमा मृत अवस्थामा बुधबार शव भेटिएको हो। विवाहको तयारीमा रहेकी सबनम बैशाख ३० गतेदेखि घरबाट सम्पर्क विहिन थिइन।

दुई दिनसम्म परिवारबाट सम्पर्क विहिन भएकी थिइन। उनी परिवारको विवाहको निर्णयमा असमति जनाउँदै घरबाट बाहिरिएको हुनसक्ने प्रहरीको अनुमान छ। दुई वटा सुरुवाल लगाएर आवश्यक सामानसमेत जोहो गरेर युवती हिडेको देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता एवम् डिएसपी धर्मराज भण्डारीले बताए। ‘दुई वटा सुरुवाल, कानमा लगाउने नयाँ झुम्का छ, यी सबै हिसाबले केटी भाग्न हिडेको जस्तो देखिन्छ’ डिएसपी भण्डारीले नागरिकन्यूजसँग भने। उनका अुनसार विवाहका लागि तय भएको केटाले इन्कार गरेको र प्रेमीसँग भागेको हुनसक्छ। उनको शव सड्ने प्रक्रियामा रहेको तथा शरीरमा फोकाहरु निस्केकाले बाहिरी आँखाले चोट देख्न नसकिएको प्रहरीले बताएको छ।

पोष्टमार्टका लागि त्रिवि टिचिङ अस्पताल महाराजगंञ्ज काठमाडौं पठाइएको छ। घटनामा संलग्नको आशंकामा एक युवालाई नियन्त्रणमा लिएको छ। घटनाका बिषयमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी हृदय थापाले बताए। उनले घटना शंकास्पद देखिएकाले अनुसन्धान अगाडि बढाइएको बताए।

प्रकाशित: १ जेष्ठ २०७६ १३:३४ बुधबार

युवती हत्या विवाह तयारी