समाज

अपराध नियन्त्रण्मा दुई कार्यालयले समन्वय गर्ने

काठमाडौं - काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी प्रमुखले सुरक्षित काठमाडांै बनाउन आपसी समन्यवमा काम गर्ने बताएका छन्। आइतबार दुई कार्यालका प्रमुखले संयुक्त पत्रकार सम्मेलन गरेर अपराध नियन्त्रणमा एकजुट भएर लाग्ने बताएका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडााैंका प्रमुख एसएसपी उत्तमराज सुवेदी र महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले प्रहरीको साख जोगाएर अपराध नियन्त्रण गर्ने दाबी गरे। आफूहरू काठमाडांैमा हिरो हुन नभई अपराध नियन्त्रण गर्न आएकाले कसैसँग पनि कुनै प्रकारको सम्झौता नहुने बताए। ‘हामीलाई हिरो हुनु वा सेलिब्रटी हुनु छैन , अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न हाम्रो ध्यान जानेछ,’ एसएसपी सुवेदीले भने, ‘हाम्रो उद्देश्य र लक्ष्य एउटै हो।’

महाशाखाका प्रमुख थापाले उपत्यकामा शान्ति सुरक्षा कायम गर्ने र अमनचयन स्थापना गर्ने एउटै उद्देश्य भएकाले त्यसलाई नियन्त्रण गर्न पनि दुई कार्यालयको समन्वय आवश्यक रहेको बताए। उनले आर्थिक, सामाजिक र साइबर अपराधसँगै लुकेर रहेका अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

यसैबीच, समुदाय–प्रहरी साझेदारी आवधारणाअन्तर्गत सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणसम्बन्धी विशेष अभियान २०७६ सुरु भएको छ। निजामती कर्मचारी अस्पतालको प्रांगढमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका परिसरका प्रमुख सुवेदीले सबै नागरिकको चाहना, सभ्य र सुरक्षित समाज रहेको चर्चा गर्दै वर्तमान अवस्थामा समाजिक विकृतिबाट सिर्जित अपराधको बढोत्तरी भएकाले यस्ता अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरी सदैव सक्रिय भइरहेको बताए।

कार्यक्रममा सिभिल अस्पतालका डाइरेक्टर प्राडा दीर्घराज आरसीले सूर्तिजन्य पदार्थ जस्ता विसंगति न्यूनीकरण गर्न यस अभियानले महŒवपूर्ण भूमिका खेल्ने बताएका थिए। सो अवसरमा प्रदेश ३ का सांसद दीपेन्द्र श्रेष्ठ, काठमाडौं वडा नम्बर १० का अध्यक्ष रामकुमार सुवेदी, काठमाडौं वडा नम्बर ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी र समुदायिक सेवा केन्द्र ३१ का अध्यक्ष प्राडा वासुदेव त्रिपाठीले सार्वजनिक क्षेत्रमा सूर्तिजन्य वस्तुको बिक्रीमा रोक लगाउनुपर्ने बताएका थिए।

प्रकाशित: ३० वैशाख २०७६ ०१:४५ सोमबार

काठमाडौं_प्रहरी_परिसर महानगरीय_अपराध_अनुसन्धान_महाशाखा