समाज

ललाइफकार्इ बालिका बलात्कार गर्ने दुर्इ जना पक्राउ

भक्तपुर – दुई बालिकाई ललाईफकाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउपालिका ७ स्थायी घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने १९ बर्से विशाल तामाङ र भक्तपुर नगरापलिका वडा नं. १० मुलढोका बस्ने २६ बर्से सुनिल शिल्पकार छन्।

उनीहरुले ती दुई बालिकालाई भक्तपुर नगरपालिका १० कमलविनायकमा रहेको गेस्ट हाउसमा लगी जबरजस्तीकरणी गरेको आरोप लागेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरमा आइतबार परेको निवेदनका आधारमा उनीहरुलाई समातिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिएका छन्।

उजुरीमा उनीहरुले वैशाख १३ गते शुक्रबार दिउँंसो १ बजे गेष्ट हाउसमा लगी बलात्कार गरेको आरोप लगाइएको छ। उनीहरुलाई जिल्ला अदालत भक्तपुरमा करणीसम्बन्धी कसुरमा मुद्दामा पेस गरी म्याद थप भई थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: १६ वैशाख २०७६ १३:५८ सोमबार

बलात्कार ललाइफकार्इ जबरजस्तीकरणी