समाज

काठमाडौंबाट छुटेको बस चप्परगाउँमा दुर्घटना

काठमाण्डौ - काठमाण्डौबाट धनगढी जाँदै गरेको बस दुर्घटना भएको छ। पूर्व–पश्चिम राजमार्गअन्र्तगत वाणगंगा नगरपालिका वडा नम्बर ८ को चप्परगाँउमा ना ७ ख ५१८७ नम्बरको बस शनिबार बिहान दुर्घटना भएको हो। दुर्घटनामा १६ जना घाइते भएका छन्।
घाइतेको अवस्था सामान्य रहेको र स्थानीय सामुदायिक अस्पतालमा उपचारपछि घर पठाइएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक चन्द्र केसीले जानकारी दिए। उनका अनुसार बसको पट्टा भाचिँएपछि अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको छ।

प्रकाशित: १४ वैशाख २०७६ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App