समाज

विभत्स अवस्थामा भेटियो महिलाको शव

विराटनगर – मोरङको पथरी शनिश्चरे नगरपालिका १ मा एक महिलाको  शव भेटिएको छ। वीरबहादुर बस्नेतको घरमा डेरा गरी बस्ने २९ वर्षीया रुपा बस्नेतको शव शनिबार घर अगाडिको बाटोमा विभत्स अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बस्नेतको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।

बिहान मर्निङ वाक गर्नेहरुले डेरा बसेकै घर अगाडि घोप्टो परेको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। शव भेटिएको स्थान रक्ताम्य थियो।​

कस्मेटिक पसल सञ्चालन गर्दै आएकी बस्नेतको कोठाबाट केही मदिराको बोतल फेला परेको प्रहरीले जनाएको छ। उनका श्रीमान सन्तोष बस्नेत भने रोजगारीको शिलशीलामा विदेशमा छन्।

प्रकाशित: ७ वैशाख २०७६ ०६:२४ शनिबार

शव विभत्स जिल्ला_प्रहरी_कार्यालय_मोरङ