समाज

कर्णाली नदीमा बेपत्ता भएका युवाको शव भेटियो

काठमाडाैँ - नयाँ वर्षको दिन कर्णाली नदीमा पौडी खेल्ने क्रममा हराएका दुई युवाको शव भेटिएको छ। गत १ गते कर्णाली नदीको गेरुवा भंगालोमा पर्ने कोठियाघाटमा पौडी खेल्ने क्रममा बाँके कोहलपुरका १८ वर्षिय दिपेन्द्र कार्की र कैलाली लम्कीका  १९ वर्षिय प्रज्वल कोईराला वेपत्ता भएका थिए।

६ जना साथीभाइ मिलेर देशको लामो पुल कोठियाघाट घुम्न गएका बेला पाँच जना पौडी खेल्न नदीमा पसेका मध्य दुई जना बेपत्ता भएका थिए ।सशस्त्र प्रहरीका गोताखोरको टोलीले दुई दिन देखि बेपत्ताको खोजी कार्य गरिरहेको थियो ।

गोताखोर टोलीले दुई युवाको  शव नदीवाट निकालेको  प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिए ।उनका अनुसार दुई दिन देखि खोजी कार्यका लागी प्रहरीको गोताखोर परिचालित गरिएको थियो । यसैविच ३० गते देखि कर्णाली नदीमा बेपत्ता भएका राजापुरका ५५ वर्षिय ठग्गु चौधरीको पनि  गोताखोर टोलीले शब निकालेको उनले जानकारी दिए ।

प्रकाशित: ३ वैशाख २०७६ ०६:४६ मंगलबार

नयाँ_वर्ष कर्णाली_नदी शव