समाज

साहित्यकार 'रसुवाली कवि' पक्राउ

रसुवाली कविका नामले परिचित साहित्यकार ठाकुर प्रसाद तिमिल्सिनालाई प्रहरीले गिरफ्तार गरेकाे छ।

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नेता भएकाे भन्दै उनलाई प्रहरीले बालाजुबाट पक्राउ गरेको हाे।

शसस्त्र प्रहरीको विशेष टोलीेले गोप्य सूचनाको आधारमा विप्लव नेता तथा रसुवाका जिल्ला कमिटी सदस्य तिमिल्सिनालाई पक्राउ गरेको हाे। कालिका गाउँपालिका ३ का तिमिल्सिना काम विशेषले काठमाडौँ आएको बेला काठमाडौँ महागरपालिका १६ बालाजुको हिलेगाउँबाट पक्राउ परेका हुन्।

 पक्राउ परेका तिमिल्सिनालाई शसस्त्र प्रहरीको टोलीले प्रहरीलाई महानगरीय प्रहरी वृतलाई बुझाउन लागेको छ।

प्रकाशित: २ वैशाख २०७६ ०८:०० सोमबार

ठाकुर_प्रसाद_तिमिल्सिना विप्लव रसुवाली_कवि