समाज

लागूऔषधसहित युवक पक्राउ

लहान– प्रहरीले लहान नगरपालिका–३ अस्पताल चोकबाट शुक्रबार दिउँसो लागूऔषध सहित एकजना युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ७ का २६ वर्षीय भरत तामाङ छन्। 

भारतीय सहर लौकाहाबाट लागूऔषध लिएर उदयपुरतर्फ गइरहेका तामाङ्गलाई सुराकको आधारमा प्रहरीले चेकजाँच गर्दा फेनार्गन ५० एम्पुल, नुफिन ५२ एम्पुल,डाइजाल्याव ६० एम्पुल र नाइट्रोजन ट्याबलेट ७५ थान बरामद भएको सिरहा प्रहरीले जनाएको छ। उनीमाथि लागूऔषध मुद्दामा कारवाही अघि बढाइएको छ।

पछिल्लो समय सीमावर्ती ठाढीमा तायनाथ सुरक्षाकर्मीसँगको सेटिङमा यस नाकाबाट लागूऔषधको कारोबार फस्टाएको स्थानीयहरु बताउँछन्। पहाडी जिल्ला उदयपुरलगायतका ठाउँबाट युवाहरु मोटरसाईकल र बसमा आउने क्रम बढेको ठाढीका एक चिया पसल सञ्चालकले बताए। कारोबारीहरु यहाँका सुरक्षाकर्मीसँग सेटिङ मिलाएरै लागूऔषध वारि भिœयाउँछ, उनले भने।

तीन दिन पहिला उदयपुर प्रहरीले त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागू औषध सहित दुई जना युवकलाई पक्राउ गरि कारबाही चलाएको छ। स ६ प ९३५५ नम्बरको मोटरसाईकलमा सवार त्रियुगा नगरपालिका १२ का २३ वषीय बिष्णु तामाङ्ग र १९ वषीय आषिश चौधरीलाई नोर्फिन १५ एम्पुल, डाईजोल्याप १६ एम्पुल, फेनारगन १६ एम्पुल र २ थान सिरिन्ज सहित प्रहरीले पक्राउ गरेको थियो। उनीहरु भारतीय सहर लौकाहाबाट उतm लागूऔषध खरिद गरि ठाढी नाकाबाट वारि भिœयाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। यो नाकाबाट भित्रिने लागूऔषध सिरहाको लहानसहित उदयपुर जिल्लासम्म पुग्छ।

सुनसहित एक पक्राउ

यसैबीच सिरहा नगरपालिका –२१ स्थित पिप्रा टोलबाट प्रहरीले कागजपत्र बिनाको सुनसहित एक जनालाई पक्राउ गरेको छ। स ६ प ६८०१ नम्बरको मोटरसाइकलमा सवार धनगढीमाई नगरपालिका २ का २५ वषीय मोहम्मद अकरामुल राइन ५० ग्राम सुनसहित पक्राउ परेको सिरहा प्रहरीले जनाएको छ। उनको साथबाट बरामद सुनको बील नभएकोले कारबाहीका लागि जिल्ला भन्सार कार्यालय पठाइएको छ। 

प्रकाशित: २९ चैत्र २०७५ १५:१५ शुक्रबार

लागूऔषध युवक पक्राउ