समाज

भक्तपुरमा मानव कंकाल फेला, अनुसन्धान तीव्र

भक्तपुर - सूर्यविनायक नगरपालिका १० चितापोलस्थित सल्लाघारी जंगलको खोल्सामा मानव कंकाल फेला परेको छ। 

अन्दाजी १४ देखि १५ वर्षको मानव कंकाल र कपडा बुधबार फेला परेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत जगाती भक्तपुर र अपराध महाशाखा टेकु काठमाडौंको  टोलीले प्रारम्भिक अनुसन्धान गरी शव पोस्टमार्टम तथा सनाखतका लागि त्रिवि शिक्षण अस्पताल फोरेन्सिक मेडिसिन विभाग महाराजगन्ज पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

अनुसन्धानको क्रममा सोही स्थान बस्ने राजेन्द्र कार्कीको छोरा १५ बर्से रबिन कार्की ०७५ मंसिर २७ गते बिहान घरबाट हराएको भन्ने निवेदन वृत्त जगातीमा पर्न आएकोमा शव नजिक भएको कपडा ‘मेरो छोराको हो भनी’ निवेदक राजेन्द्र कार्कीले खुलाएको परिसरका प्रवक्ता रेवतीरमण पोखरेलले जनाए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जनाए।

                                                                                       

 

प्रकाशित: २० चैत्र २०७५ १२:५१ बुधबार

सूर्यविनायक मानव_कंकाल अनुसन्धान सल्लाघारी_जंगल