समाज

परीक्षामा पहिलाे बनाइदिन्छु भन्दै छात्रामाथि याैन दुर्व्यवहार

पाँचथर– पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिकाका एक शिक्षकलाई छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। 

१३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ। कक्षा ८ मा अध्ययनरत किशोरीमाथि पाँचथर हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरी शम्भुनाथ घर भएका शिक्षक उपेन्द्र चौधरीले मंगलबार यौन दुव्र्यवहार गरेको आरोप प्रहरीको छ।

चौधरी विज्ञान विषयका शिक्षक भएका बताइएकाे छ। उनले बालिका घरमा एक्लै भएको मौका छोपेर किशोरीमाथि जबर्जस्ती गर्न खोजेको पीडितले बयान दिएकी छन्। 

बालिकालाई परीक्षामा प्रथम बनाइदिने प्रलोभन शिक्षकले देखाएका किशोरीका आफन्तले आरोप लगाएका छन्। किशोरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि मंगलबार शिक्षक चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २० चैत्र २०७५ ०८:३४ बुधबार

याैन_दुर्व्यवहार सप्तरी पाँचथर शिक्षक