समाज

सामुदायिक विद्यालयमै पढाउन गाउँपालिकाको उर्दी


तेह्रथुम - छथर गाउँपालिकाले सरकारी सेवामा रहेकाका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको छ। 

गाउँँपालिकाको निर्णअनुसार नयाँ शैक्षिक सत्रदेखि गाउँपालिकाभित्रका जनप्रतिनिधि, निजामती कर्मचारी, शिक्षकलगायत सबैले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा दाखिला गर्नुपर्ने हुन्छ। 

साथै गाउँपालिकाको यस निर्ण अटेर गरे सरकारी सेवासुविधा कटौती गरिने पनि गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए। उनले भने, ‘अहिलेसम्म जुन बेथिति थियो, अब स्थानीय सरकारले समेत यसलाई सुधार गर्न नसके सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर कहिले सुधार नहुने भएकोले यस्तो निर्णय गरिएको हो ।

गाउँपालिकामा कक्षा ५ सम्म सञ्चलानका अनुमति पाएका ४ वटा निजी, ३ वटा बाल विकास केन्द्र र ४३ वटा सामुदायिक विद्यालय छन्। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नभएको भन्दै नागरिकहरुले आफ्ना–बालबालिका निजी विद्यालयमा पढाउने गरेकोले गाउँपालिकाले यस्तो निर्णय गरेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए। 

प्रकाशित: १९ चैत्र २०७५ १६:०० मंगलबार

छथर_गाउँपालिका सामुदायिक_विद्यालय सरकारी_सेवा