समाज

हावाहुरीबाट घाइते ७ जनाकाे शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं -  बारा र पर्सामा आइतबार आएको हावाहुरीबाट घाइते भएका ८ जनाकाे त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेकाे छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौं ल्याइ शिक्षण अस्पतालमा भर्ना गरिएकाे हाे।

महम्मद मिया, गीता देवि कट्टेल, समिना खातुन, मुनाफ अन्सारी, कृष्ण पटेल, सुरेश पटेल र अमन कटेल उपचार भइरहेकाे छ। हावाहुरीका कारण वारामा २७ र पर्सामा १ जना गरी २८ जनाको मृत्यु भएको छ। घटनामा ४ सय भन्दा बढी घाइते भएका छन्। उनीहरुको बारा र पर्साका अस्पतालमा उपचार भइरहेको छ।

नेपाली सेनाको मेडिकल टोली घटनास्थलमै रहेर उपचारमा समेत सक्रिय छ। सेनाले ८ जना चिकित्सकको टोली बारा पठाएको छ। सेनाको एक वटालीयन उद्दारमा रहेको र उनीहरुले भत्केका र अवरुद्ध सडक खुलाउने काम गरिरहेको ढकालले बताए।

 

प्रकाशित: १८ चैत्र २०७५ ०७:१३ सोमबार

हावाहुरी