समाज

पोखरा महानगरपालिकाको १६ नम्बर वडा कार्यालयमा चोरी

कास्की- पोखरा महानगरपालिकाको १६ नम्बर वडा कार्यालयमा चोरी भएको छ। कार्यालयमा रहेको २ वटा ल्यापटप, ४ वटा कम्प्युटर तथा कार्यालयका अन्य महत्वपूर्ण सामग्री चोरी भएका छन्। यसअघि पनि पोखराका वडा नम्बर ५, १३, १४ र १५ कार्यालयमा चोरी भइसकेका छन्।

फागुन २३ गतेमात्रै पोखरा १३ को वडा कार्यालयमा चोरी भएको थियो। उक्त कार्यालयका सिसिटिभी क्यामेरा समेत चोरी भएको थियो। लगातारको चोरीले महानगरले महत्वपूर्ण कागजातसहित लाखौं क्षति बेहोर्दै आइरहेको छ।

प्रकाशित: ११ चैत्र २०७५ ११:१६ सोमबार

पोखरा_महानगरपालिका चोरी वडा_कार्यालय