समाज

ढुंगाले लागेर बालिकाको मृत्यु

इलाम – इलाम नगरपालिका–८ मा ढुंगाले लागेर बालिकाको मृत्यु भएको छ। नगरपालिकाको सिङफ्रिङ नजिकै गरिमा टोलको कच्ची सडक खन्नेक्रममा ढुंगा लडेर लाग्दा स्थानीय देवी नेउपानेकी १३ वर्षीया छोरी एलिसाको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो ३ बजेतिर एक्स्काभेटरले सडक खन्दैगर्दा त्यसको केही तल जंगलमा पतकर (पातपतिंगर) सोहोर्दै गरेकी एलिसालाई ढुंगा लडेर लागेको थियो। टाउकामा ढुंगाले लागेकी बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। एक्स्काभेटरका चालक फरार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित: १० चैत्र २०७५ १०:५९ आइतबार

ढुंगा बालिका इलाम मृत्यु