समाज

जंगलबाट गाउँ पस्यो डढेलो, केही घर नष्ट

खोटाङ – खोटाङमा जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेको छ । शुक्रबार दिउँसो रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायीक वनबाट सुरु भएको भिषण डढेलो घलेगाउँमा छिरेको हो।

भिषण डढेलोले रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अविकेसर पाण्डे र भीम पाण्डेको घर जलिसकेको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले बताए। सोही डढेलोले ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर समेत जलिसकेको छ।

डढेलोले अन्य घर समेत जोखिममा परेको गाउँपालिका प्रमुख निरौलाले बताए। ‘आगोले एकदमै प्रलय निम्त्याएको छ, अरु घर समेत जोखिममा परेको छ,’ प्रमुख निरौलाले भने, ‘ऐसेलुखर्कबाट सेना र प्रहरी झिकाएर निभाउने प्रयास भइरहेको छ।’

दुबेकोलस्थित गढीथुम्का तथा कासेघडेरी सामुदायीक वनबाट सुरु भएको डढेलो चिन्डेश्वर हुँदै हङखोला तरेर माक्पाको लेवा पुगेको ऐसेलुखर्क गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले बता । जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले पनि भिषण डढेलोले घर जलेको पूष्टी गरेका छन्। 

 

प्रकाशित: १ चैत्र २०७५ ०९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App