समाज

मनाङको हिमपहिरोमा हराएका नेदरल्याण्डका भिनसेन्टको शव फेला

काठमाडौं- मनाङको हिमपहिरोमा हराइरहेका नेदरल्याण्डका भिनसेन्ट ब्लुमको शव फेला परेको छ। हिमपहिरोमा परेका धादिङका अजय ढकालको शव फेला परेपनि भिसेन्ट हराइरहेका थिए। ढकालको शव शुक्रबार साँझ नै फेला पारिएको थिए भने भिनसेन्टको शव आज मात्र फेला पारिएको हो। ढकाल ट्रेकिङ गाइड हुन्।

मनाङका प्रहरी निरीक्षक श्रवण कुमार विकका अनुसार भिसेन्टको शव काठमाडौं पठाउने तयारी भइरहेको छ। यस अघि आज विहान ढकालको शव पोष्टमार्टको लागि काठमाडौं ल्याइ सकिएको छ। अन्नपूर्ण पदयात्रमा हिँडेका उनीहरु मनाङको निस्याङ गाउँपालिका- १ मा पर्ने क्याङ्दीमा हिमपहिरोमा परेका थिए। उपल्लो मनाङ पुगेर फर्कने क्रममा उनीहरु पहिरोमा परेको प्रहरीले बताएको छ।

 

प्रकाशित: २५ फाल्गुन २०७५ ०५:३१ शनिबार

मनाङ हिमपहिरो मृत्यु