समाज

करेन्ट लागेर एककाे मृत्यु

इलाम - इलाम नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिका–१२ का २० वर्षीय संगीन लिम्बूको करेन्ट लागेर आइतबार मृत्यु भएको हो।

इलाम नगरपालिका–७, धोविधारामा डेरा गरी बस्ने लिम्बू नुहाएर घरको छतमा घाम ताप्दैगर्दा बिजुलीको तार छुन पुगेका थिए। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि इलाम अस्पताल पु¥याइएपनि उनको निधन भएको प्रहरीले जनाएको छ। लिम्बू इलाम बसेर कोरियन भाषाको अध्ययन गर्दै आएका थिए।

प्रकाशित: १९ फाल्गुन २०७५ १०:४५ आइतबार

इलाम करेन्ट