समाज

सुकेटारबाट शव लिएर सेनाको हेलिकप्टर उड्यो

ताप्लेजुङ- मौसम सुधार आएपछि हेलिकप्टर दुर्घटनाका मृतकहरुको शव लिएर नेपाली सेनाको हेलिकप्टर सुकेटारबाट काठमाडौंको लागि उडेको छ।

बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको मृत्यु भएपछि उनीहरुको शव संकलन गरी अहिले बिहान मात्र घटनास्थलबाट सुकेटार एअरर्पोट सम्म ल्याईएको थियो। साँझ सम्ममा ४ र आज बिहान ३ गरी दुर्घटनामा मृत्यु भएका सातैजनाको शव सुकेटारमा ल्याईपुर्याएको केहि समयपछि नै बर्षा,हिमपात र कुहिरोले अवरोध गरेपछि त्यत्तिकै राखिएको थियो।

शवको परीक्षण यहाँ सम्भव नभएपछि जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामा सहित जिल्ला सुरक्षा समितिको सुकेटारमै बसेको बैठकले शव परीक्षण नै नगरी काठमाडौ पठाउने निर्णय गरेको थियो ।
 

प्रकाशित: १६ फाल्गुन २०७५ ०६:३१ बिहीबार

रवीन्द्र_अधिकारी हेलिकप्टर दुर्घटना