समाज

म पनि जाने भनेको थिए : सांसद विजय सुब्बा

काठमाडाैँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट समानुपातिकमा निर्वाचित विजय सुब्वाको पनि पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँग ताप्लेजुङको चुहानडाँडामा जाने तयारी थियो। चुहानडाँडामा नयाँ एयरपोर्टका राख्ने आफ्नो पनि इच्छा भएकाले त्यस ठाउँमा जाँने कुरा उनले पर्यटनमन्त्रीसँग गरेका थिए।

मन्त्री अधिकारीले स्वकीय सचिवसँग सम्पर्क गरिरहनु भन्दै मिलेसम्म लैजाने कुरा बताएका थिए। बुधबार बिहान सम्ममा आफूलाई सिट मिलेसम्म खबर गर्नु भनेर सुब्बाले पर्यटनमन्त्रीका स्वकीय सचिव राजेन्द्र आचार्यलाई भनेका थिए। तर, बुधबार बिहानसम्म सुब्बालाई जाने कुनै खबर नआएपछि उनी बिहान साढे ११ बजेबाट नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलमा सहभागी भएका थिए। पर्यटनमन्त्री चढेको हेलिकप्टर दुर्घटनामा परेको समितिमा खवर आएपछि मात्रै उनले भने ‘ओहो म पनि जाने भनेको थिए त, तर सिट नभएका कारण होला मलाई खबर आएन।’

यस्तै पर्यटन मन्त्रालयमा मन्त्रीलाई कुरेर बस्दा बस्दा उहाँ दुर्घटनामा परेको खबर सुन्दा निकै भावुक बनेको राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले बताइन्। ‘मलाई मन्त्री अधिकारी केही समयभित्र आउनुहुन्छ भन्ने खबर उहाँको स्वकीय सचिवले गर्नुभएको थियो तर कुरिरहँदा दुर्घटनाको खबर आयो भावुक बनायो,’ उनले भनिन्।

प्रकाशित: १६ फाल्गुन २०७५ ०४:०६ बिहीबार

नेकपा विजय_सुब्बा हेलिकप्टर_दुर्घटना