समाज

पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव सुकेटार ल्याइयो, खराब माैसमका कारण काठमाडाैं पठाउन ढिलाइ

ताप्लेजुङ - बुधवार मध्यान्ह ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्र आसपास भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको शव बिहान घटनास्थलबाट सुकेटार एअरर्पोट ल्याइएको छ।

रातभरी हिमपात भएको र कुहिरो तथा पानीले आकास पूरै ढाकेकोले शव घटनाथलबाट उठाउन अप्ठेरो परेको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । 

थापाका अनुसार सबैको शव  सुकेटार एअरर्पोट ल्याइएको छ, अबको केही समयमै काठमाडौँ पठाइने तयारी पुरा भए पनि सुकेटारमा बिहीबार  बिहानै देखि बाक्लाे हुस्सु सिमसिमे पानि परिरहेकाेले शव काठमाडाैं पठाउन ढिलाइ भइरहेकाे प्रहरीले जनाएकाे छ। माैसम अनुकुल हुने बित्तिक्कै शव काठमाडाैं पठाइने प्रहरीले बताए।

प्रकाशित: १६ फाल्गुन २०७५ ०२:१२ बिहीबार

ताप्लेजुङ हेलिकप्टर_दुर्घटना सुकेटार_एअरर्पोट