समाज

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका २ जनाकाे शव सुकेटार एयरपाेर्ट ल्याइयाे

ताप्लेजुङ - ताप्लेजुङको पाथीभरा मन्दिर नजिक भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव मध्ये २ जनाको शव सुकेटार एयरपाेर्ट ल्याइएको छ। सुरक्षाकर्मी र स्थानीयको सहयोगमा हेलिकप्टरले लिफ्टिङ गरी २ वटा शव सुकेटार ल्याइएकाे र ५ वटा शव ल्याउने तयारी भइरहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए। शव नचिनिने अवस्थामा रहेका प्रजिअ अधिकारीले जानकारी दिए।

प्रकाशित: १५ फाल्गुन २०७५ १२:४६ बुधबार

हेलिकप्टर दुर्घटना रवीन्द्र_अधिकारी शव