समाज

त्रिविका डिनलाई नेकपानिकट विद्यार्थीको कालोमोसो

काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा त्रिभुवन विश्वविद्यालयका सहायक डिन बउवालाल साहमाथि कालोमोसो दलिएको छ। बुधवार नेकपानिकट विद्यार्थीको कालोमोसो दलेको हो।

त्रिवि शिक्षाशास्त्रका सहायक डिन साहले ट्रान्सकिप्ट बनाउन आएकी एक युवतीलाई जबरजस्ती यौन दुराचार गर्न खोजेको आरोप विद्यार्थी संगठनले लगाएका छन्। अनेरास्ववियु क्रान्तिकारीका त्रिवि संयोजक राजकुमार लिम्बुले आफन्तको ट्रान्सक्रिप्ट बनाउन आएकी एक महिलामाथि हातपात गर्न खोजेको बताए। उनले भने, ‘एकान्तमा उनले हातपात गर्न खोजेका हाम्रा साथीले देखेपछि कालोमोसो दलेका हुन्।’

कालोमोसो दल्ने काममा अनेरास्ववियुका विद्यार्थीको समेत सहभागिता थियो। सहायक डिन साहलाई विश्वविद्यालयको हाताबाट निकालेर प्रशासनमा ल्याएर कालोमोसो दलिएको थियो।

प्रकाशित: ८ फाल्गुन २०७५ १२:१३ बुधबार

त्रिभुवन_विश्वविद्यालय कालोमोसो डिन विद्यार्थी