समाज

जमिनमुनि लुकाएर राखेको १८ किलो सुन बरामद

कैलाली – कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ। जमिनमुनि गाडेर राखिएको १८ किलो सुन प्रहरीले बिहीबार बरामद गरेको हो।

विशेष सुराकीको आधारमा जिल्ला जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले दशरथबस्तीबाट सो परिणामको सुन बरामद गरेको कैलाली प्रहरी प्रमुख एसपी आभूषण तिमल्सिनाले जानकारी दिए।

भारतीय सीमासँग जोडिएको दशरथबस्तीमा जमिनमुनि गाडेको अवस्थामा सुन फेला परेको उनले बताए। सुन कसले, कहाँबाट ल्याएको भन्ने एकिन हुन नसकेको एसपी तिमिल्सेनाले बताए। उनले घटनाबारे अनुसन्धान भइरहेकोले अहिल्यै थप केही भन्न नमिल्ने बताए।  प्रत्यक्षदर्शीले भने प्रहरीले सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको बताएका छन्।

प्रकाशित: २ फाल्गुन २०७५ ०९:२३ बिहीबार

कञ्चनपुर पुनर्बास_नगरपालिका सुन सीआइबी जमिन