समाज

नेकपा सचिवालय बैठक चल्दै

फाइल तस्बिर : नागरिक

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा पार्टी एकीकरणका सम्पूर्ण काम सक्ने विषयमा छलफल चलिरहेको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

तीन महिनाभित्र एकता सक्ने गरी ३ जेठ २०७५ मा नेकपा एमाले र माओवादीबीच एकता भएको थियो। पार्टी एकीकरणको लामो समयसम्म पनि यसले पूर्णता पाएको छैन । एकताको काम सक्न भनी पछिल्लो समय पुस १२ गते स्थायी समिति बैठकले चौथो कार्यदल गठन गरेको थियो । श्रेष्ठका अनुसार बैठकमा पार्टीको तल्ला कमिटीको एकताको विषयमा छलफल भइरहको छ । उनले भने, ‘छलफल आज टुंगिदैन होला ।’

प्रकाशित: २१ माघ २०७५ ०७:१८ सोमबार

नेकपा सचिवालय बालुवाटार